सत्तारुढ गठबन्धन दलका तर्फबाट उनले उम्मेदवारी दर्ता गराएका हुन् । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का राई उक्त पार्टीको सचिव हुन् ।
भोजपुर जिल्लामा गठबन्धन दलका तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि नेकपा माओवादी केन्द्रका सुदन किराँतीले उम्मेदवारी दर्ता गरेका छन् ।अर्को क्षेत्रबाट प्रदेशसभा सदस्यका लागि नेपाली कांग्रेसका विनोद वान्तवा राईले उम्मेदवारी दर्ता गरेका छन् ।
उम्मेदवारी दर्ता गर्ने क्रममा मुख्यमन्त्री राईले फेरि पनि अराजकता, फेरि पनि प्रतिगमनको बाटो समाएका संघीय लोकतन्त्र र गणतन्त्रविरोधीलाई परास्त गरी प्रतिगमनविरुद्ध बनेको गठबन्धनलाई नेपाली जनताले मंसिर ४ गते अनुमोदन गर्ने विश्वास व्यक्त गरे ।