यसअघि उक्त क्षेत्र एमाले र जसपाबीच तालमेलका क्रममा जसपाको भागमा परेको थियो ।
पछिल्लो सहमतिअनुसार जसपाका लागि मोरङ क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा र दुबै प्रदेश सभा एमालेले छाडेको हो ।त्यसपछि बस्नेतका लागि उक्त क्षेत्रमा स्थान सुरक्षित बनेको हो ।
आइतबार बिहान भएको पार्टीको उक्त निर्णपछि बस्नेत हाल उम्मेदवारी मनोनयनपत्र दर्ता गर्न निर्वाचन कार्यालय पुगेका छन् ।