दुर्घटनामा को १ त १२३४ नम्बरको ट्याक्टरका चालक कटहरी–७ का ३२ वर्षीय वरुण सरदारको मृत्यु भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीले जानकारी दिए । उनका अनुसार खोलाबाट बालुवा लिएर फर्किने क्रममा माथि उठेको इन्जिनको भागले च्यापेर सरदार गम्भीर घाइते भएका थिए ।
उपचारका क्रममा विराटनगरको कोसी अस्पतालमा साँझ ५ः३५ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।
विराटनगर । मोरङको कटहरी गाउँपालिका–७ हुरहुरियास्थित लोहन्द्रा खोलामा ट्याक्टरको इन्जिनले च्यापेर शनिबार साँझ चालकको मृत्यु भएको छ ।
595
Shares
