देश देश भन्दा भन्दै यो प्राण निस्कियोस् बरु मेरो
अग्लियोस् शिर हिमाल जस्तै हटोस् मनको अँधेरो
अनागरिक भइ देशविहीन बाँच्न नपरोस् भन्छु
अनाहकमा शरणार्थी जीवन रुन नपरोस् भन्छु
हिमालको चिसो काखमा लडिबुडी खेल्दाखेल्दै
हरियाली भीरपाखामा झ्याउरे लय सुन्दासुन्दै
यसरी नै बाँच्न पाए जीवनमा अरु के नै चाहियो र ?
यति भए पुग्छ मलाई मीठो प्यार मिल्छ मलाई
बोलीबाट श्राप होइन सधैँ आशिष झर्न सकोस्
रिस राग कलह ईख मनभित्रै नै सबै मर्न सकोस्
एकापसमा भातृत्वप्रेम सदैव हामीमा बढिरहोस्
शान्तिको करुण धुन उकालो सगरमाथा चढिरहोस्
यसरी रहर साँच्न पाए यो मनमा अरु के नै चाहियो र
यति भए पुग्न मलाई मीठो प्यार मिल्छ मलाई ।
-बेलबारी, मोरङ