विराटनगर । नेकपा एमाले र जनता समाजवादी पार्टीबीच विभिन्न क्षेत्रमा तालमेल गर्ने सहमति भए पनि अधिकांश क्षेत्रमा एमालेका उम्मेदवारहरुको नाम टुंगो लगाइएको छ । उम्मेदवारी दर्ता गर्नु एक दिनअघि एमालेले उम्मेदवारीको टुंगो लगाएको हो ।
एमालेले झापामा राप्रपासँग तालमेल गर्ने भएको छ । झापामा प्रतिनिधिसभाको एक र प्रदेशसभाको २ सिट राप्रपाका लागि छाडिएको छ ।
मोरङमा प्रतिनिधिसभा तर्फ एउटा क्षेत्र जसपा र प्रदेश सभा तर्फ तीनवटा क्षेत्र जसपाको भागमा परेको छ । यस्तै सुनसरीको एउटा क्षेत्र जनता समाजवादी पार्टीले पाउने भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली झापा ५ बाट उम्मेदवार बनेका छन् । भीम आचार्यले सुनसरी २ बाट टिकट पाएका छन् भने झापा १ मा अग्नि खरेलको नाम टुंगो लागेको छ ।
मुख्यमन्त्रीको दावेदारका रुपमा चर्चामा रहेका गुरु बराल र जीवन घिमिरेले उम्मेदवारीका लागि टिकट पाएनन् ।
मुख्यमन्त्रीका आकांक्षी भनिएका हिक्मत कार्की झापा ५ क बाट उम्मेदवार बन्ने भएका छन् ।
प्रदेश १ का उम्मेदवारहरु यी हुन्–
झापा १ : प्रतिनिधिसभा – अग्नि खरेल
प्रदेशसभा क : रविन कोइराला
प्रदेशसभा ख : तालमेल
झापा २ : प्रतिनिधिसभा – देवराज घिमिरे
प्रदेशसभा क : एकराज कार्की
प्रदेशसभा ख : चिन्तन पाठक
झापा ३ : प्रतिनिधिसभा – तालमेल
प्रदेशसभा क : बसन्त बानियाँ
प्रदेशसभा ख : तालमेल
झापा ४ : प्रतिनिधिसभा – एलपी साँबा
प्रदेशसभा क : राधाकृष्ण खनाल
प्रदेशसभा ख : बाँकी
झापा ५ : प्रतिनिधिसभा – केपी शर्मा ओली
प्रदेशसभा क : हिक्मत कार्की
प्रदेशसभा ख : होमबहादुर थापा
मोरङ १ : प्रतिनिधिसभा – घनश्याम खतिवडा
प्रदेशसभा क : उमाकान्त गौतम
प्रदेशसभा ख : खड्ग बस्नेत
मोरङ २ : प्रतिनिधिसभा – ऋषिकेश पोखरेल
प्रदेशसभा क : डीबी कार्की
प्रदेशसभा ख : लिलाबल्लभ अधिकारी
मोरङ ३ : प्रतिनिधिसभा – भानुभक्त ढकाल
प्रदेशसभा क : किशोर राई
प्रदेशसभा ख : ज्ञानेन्द्र सुवेदी
मोरङ ४ : प्रतिनिधिसभा – विनोद ढकाल
प्रदेशसभा क : जयप्रकाश चौधरी
प्रदेशसभा ख : तालमेल
मोरङ ५ : जसपा
प्रदेशसभा क : सन्तोष साह
प्रदेशसभा ख : जसपा
मोरङ ६ : प्रतिनिधिसभा – लालबाबु पण्डित
प्रदेशसभा क : रिता न्यौपाने
प्रदेशसभा ख : जसपा
सुनसरी १ : प्रतिनिधिसभा – जसपा
प्रदेशसभा क : रमेश बस्नेत
प्रदेशसभा ख : विजयकुमार राई
सनसरी २ : प्रतिनिधिसभा – भीम आचार्य
प्रदेशसभा क : रेवती भण्डारी
प्रदेशसभा ख : रामप्रसाद मेहता
सुनसरी ३ : प्रतिनिधिसभा – भगवती चौधरी
प्रदेशसभा क : रोहित कार्की
प्रदेशसभा ख : रामदेव यादव
सुनसरी ४ : प्रतिनिधिसभा – जगदिश कुसियत
प्रदेशसभा क : गुणराज कोइराला
प्रदेशसभा ख : तालमेल
धनकुटा : प्रतिनिधिसभा – राजेन्द्र राई
प्रदेशसभा क : निस राई
प्रदेशसभा ख : इन्द्र माझी
भोजपुर : प्रतिनिधिसभा – शेरधन राई
प्रदेशसभा क : हरिबहादुर राई
प्रदेशसभा ख : खड्गबहादुर कार्की
संखुवासभा : प्रतिनिधिसभा – राजेन्द्र गौतम
प्रदेशसभा क : भविश्वर गुरुङ
प्रदेशसभा ख : विहर लिङदेन
ताप्लेजुङ : प्रतिनिधिसभा – योगेश भट्टराई
प्रदेशसभा क : तिलकुमार मेन्याङ्बो
प्रदेशसभा ख : मणिशेर पोमु
ओखलढुंगा : प्रतिनिधिसभा – यज्ञराज सुनुवार
प्रदेशसभा क : अमिरबहादुर गुरुङ
प्रदेशसभा ख : ज्ञानबहादुर खड्का
सोलुखुम्बु : प्रतिनिधिसभा – मानवीर राई
प्रदेशसभा क : उत्तम बस्नेत
प्रदेशसभा ख : बुद्धिकुमार राजभण्डारी
उदयपुर १ : प्रतिनिधिसभा – मेज चौधरी
प्रदेशसभा क : विमल कार्की
प्रदेशसभा ख : ईश्वरमणि राउत
उदयपुर २ : प्रतिनिधिसभा – ज्ञानेन्द्र श्रेष्ठ
प्रदेशसभा क : देवराज राई
प्रदेशसभा ख : जीवनाथ दाहाल
खोटाङ : प्रतिनिधिसभा – विशाल भट्टराई
प्रदेशसभा क : पीके राई
प्रदेशसभा ख : रामप्रसाद दंगाल
तेह्रथुम : प्रतिनिधिसभा – विजय सुब्बा
प्रदेशसभा क : – किशोर यदु दुलाल
प्रदेशसभा ख : तेजमान
पाँचथर: प्रतिनिधिसभा – बसन्त नेम्बाङ
प्रदेशसभा क : राजकुमार भण्डारी
प्रदेशसभा ख : अइन्द्रसुन्नर नेम्वाङ
इलाम १ : प्रतिनिधिसभा – महेश बस्नेत
प्रदेशसभा क : सोम पराजुली
प्रदेशसभा ख : दिपक थेबे
इलाम २ : प्रतिनिधिसभा – सुवासचन्द्र नेम्वाङ
प्रदेशसभा क : गणेश बराल
प्रदेशसभा ख : राम राना