काठमाडौं । मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मतदानका दिन सवारी सञ्चालन गर्न दिने तयारी भएको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आयोगले यो वर्षदेखि मतदानका दिन सवारी चलाउन दिन लागेको बताएका हुन् ।
आयोगले शनिबार गरेको पत्रकार सम्मेलनमा बोल्दै थपलियाले मतदानका दिन सवारी साधन नचल्दा ज्येष्ठ नागरिक लगायतका मतदातालाई मतदान स्थलसम्म पुग्न असुविधा भएकोले मापदण्डअनुसार सवारी चल्न दिइने बताए ।यातायात व्यवस्था विभाग, नेपाल प्रहरी लगायतको कार्यदल बनाएको र सो कार्यदलले दिएको सुझावका आधारमा मतदानका दिन मापदण्डअनुसार सवारी चलाउन दिइने बताए ।