लगातार तीन पटकसम्म आफूलाई निर्वाचित गराएर राष्ट्रिय भूमिका निर्वाह गर्ने र जनताको सेवा गर्ने अवसर दिएको भन्दै सिन्धुपाल्चोकका मतदाताप्रति आभारसमेत व्यक्त गरेका थिए ।
सापकोटाले आफू संसदीय भुमिकामा नरहेपनि देश, जनता र अग्रगमनको पक्षमा निरन्तर क्रियाशील भइरहने प्रतिवद्धता व्यक्त गरे ।सभामुख सापकोटा २०६४ को पहिलो संविधान सभा र २०७० को दोस्रो संविधान सभामा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । २०७४ सालको निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।
तत्कालीन सभामुख कृष्णबहादुर महरामाथि बलात्कार आरोप लागेपछि माओवादी केन्द्रबाट सभामुख बन्ने अवसर सापकोटालाई प्राप्त भएको थियो ।यस अवधिमा सापकोटाले सञ्चार तथा सूचना प्रविधि मन्त्री र वन तथा वातावरणमन्त्री बन्ने अवसरसमेत पाएका थिए ।