प्रदेश १ का केही स्थानमा शुक्रबार बेलकादेखि अबेरसम्म वर्षा भएको थियो । शनिबार बिहानैदेखि वातावरण घमाइलो बनेको छ ।
काठमाडौंमा पनि वर्षा भएको थियो । शनिबार भने घाम लागेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका कही ठाउँमा शनिार हल्का वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।नेपालमा मध्य–पश्चिम बङ्गालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।
दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा मौसम सामान्यदेखि पूर्ण बदली रहने अनुमान छ । आज सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।मौसमविद मञ्जु केसीका अनुसार अझै दुई–तीन दिन पानी पर्न नरोकिने र सोमवारसम्म मौसम सुधार हुने देखिएको छ ।