एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा भएको छलफलमा दुवै पार्टीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तालमेल कसरी गर्ने भन्ने खाका तयार पारेका छन् ।
एमालेसँग तालमेलबारे ८० प्रतिशत सहमति भइसकेको राप्रपा नेता बुद्धिमान तामाङले बताएका छन् । २० प्रतिशतमा शनिबार सहमति जुट्ने उनले बताए ।केही सिटमा थप छलफल गर्नुपर्ने भएकाले शुक्रबार अन्तिम टुंगो लाग्न नसकेको नेताहरुले बताएका छन् ।
राप्रपाले निश्चित निर्वाचन क्षेत्रमा मात्र एमालेसँग तालमेल गर्न लागेको जनाइएको छ । अरु क्षेत्रमा ‘मित्रवत प्रतिस्पर्धा’ हुने राप्रपा नेता तामाङले बताए ।