प्रतियोगितामा क्यामरुन र वेस्ट बंगालका टिमसहित १ नम्बर प्रदेशका विभिन्न जिल्लाका ८ टिम सहभागी हुने आयोजकले जनाएको छ।
आयोजक एडभान्स क्लबले शुक्रबार पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिएको हो ।महेन्द्र माविको खेल मैदानमा हुने प्रतियोगितामा क्यामरुनको एभिनियर फुटबल क्लब र वेस्ट बंगालको आमुक्त फुटबल टिमसहित धनकुटा, भोजपुर, सुनसरी र संखुवासभाका ८ टिम सहभागी हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताका विजयी टिमले ३ लाख र उपविजेता टिमले २ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।