विराटनगर । विश्व बैंकले नेपालको चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५ दशमलव ८ प्रतिशत हुने संशोधित अनुमान सार्वजनिक गरेको छ ।

बैंकले सार्वजनिक गरेको ‘साउथ एसिया इकोनोमिक फोकस’ मा यसअघि गरिएको ३ दशमलव ७ प्रतिशतमात्र रहने प्रक्षेपणलाई संशोधन गरी यो वर्ष ५ दशलमव ८ प्रतिशत वृद्धिदर पुग्ने उल्लेख हो ।

कोरोनाविरुद्धको खोप अभियान प्रभावकारी बनेको, सीमा नाकाबाट व्यापार सहज भएको र लगानीका लागि कर्जा प्रवाहको अवस्थालाई मध्यनजर गरेर नेपालको आर्थिक वृद्धिदर ५ दशमलव ८ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको विश्व बैंकले जनाएको छ ।

आर्थिक वर्ष २०७६–७७ मा ३० वर्षमै पहिलो पटक नेपालको पहिलो आर्थिक सङ्कुचन माइनस २ दशमलव ४ प्रतिशत भएको थियो ।

आर्थिक वर्ष २०७७र८० मा ३ दशमलव ८ प्रतिशतको बहाली हुँदै चालु आर्थिक वर्ष ५ दशमलव ८ प्रतिशतको वृद्धिदर हासिल हुने बैंकको संशोधित अनुमान छ ।

यो वर्ष मूल्यवृद्धि भने निकै उच्च भएको छ । गएको आर्थिक वर्षमा ३ दशमलव ६ प्रतिशतमा खुम्चिएको मूल्यवृद्धि रुस–युक्रेन युद्ध र आन्तरिक कारणले यो वर्ष ६ दशमलव ३ प्रतिशत पुग्ने बैंकको अनुमान छ ।

14
Shares
२१ आश्विन २०७९, शुक्रबार १७:३८