काठमाडौं । यस वर्षको नोबेल शान्ति पुरस्कार बेलारुसका मानव अधिकारवादी वकिल एलेस बिलिआत्स्केलाई दिइने भएको छ । उनीसहित अरु दुईवटा संस्थालाई उक्त प्रतिष्ठित पुरस्कार दिइने भएको हो ।

नर्वेको राजधानी ओस्लोमा अवार्डको घोषणा गरिएअनुसार एलेससहित रुसी मानव अधिकार संगठन मेमोरियल र नागरिक स्वतन्त्रताको लागि युक्रेनी मानव अधिकार संगठन केन्द्रलाई उक्त पुरस्कारबाट सम्मानित गरिने भएको हो ।

ती दुवै संस्था मानव अधिकारका लागि कार्यरत संस्था हुन् ।

एलेसले सन् १९८० मा बेलारुसको तानाशाहीविरुद्ध आन्दोलन सुरु गरेका थिए । उनी अझैसम्म आफ्ना देशमा वास्तविक लोकतन्त्र पुनःर्स्थापनाको लडाइँमा सक्रिय छन् ।

बेलारुसका राष्ट्रपति लुकासेन्को रुस–युक्रेन युद्धमा भ्लादिमिर पुटिनको साथमा छन् । एलेसले भिसाना नामक संस्था बनाएका थिए ।

उक्त संस्थाले जेलमा रहेका लोकतन्त्रका समर्थकहरूलाई कानुनी सहायता उपलब्ध गराउँछ। उनी सन् २०११ देखि २०१४ सम्म जेलमा रहे। २०२० मा फेरि पक्राउ परे र अझै जेलमा छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु