विराटनगर । भारत, उत्तराखण्डको द्रौपदीको डाँडा–२ हिमालमा गएको हिमपहिरोमा परी मृत्यु हुनेको संख्या २६ पुगेको छ ।

नेहरू पर्वतारोहण संस्थान (एनआईएम) ले शुक्रबार विज्ञप्ति जारी गर्दै यो जानकारी दिएको हो ।

हिमपहिरोका कारण दुईजना प्रशिक्षक र २७ प्रशिक्षार्थीसहित २९ जना बेपत्ता परेको जनाएको छ ।

२६ जनाको शव फेला परेको छ । बाँकी ३ जनाको खोजी कार्य जारी रहेको छ । एनआईएमका अनुसार अक्टोबार ४ तारिखमा कुल चार शव फेला परेको थियो जसमा दुई प्रशिक्षक र दुई प्रशिक्षार्थी थिए ।

अक्टोबार ६ मा १५ प्रशिक्षार्थीको शव र ७ तारिखमा मा ७ प्रशिक्षार्थीको शव निकालिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु