काठमाडौं । एएफसी यू(१७ एसियन कप छनोटको दोस्रो खेलमा नेपालले आज शुक्रबार दोस्रो खेल खेल्दैछ । नेपालले आज आयोजक भियतनामसँग प्रतिस्पर्धा गर्नेछ ।

फु थोस्थित भियत त्रि स्टेडियममा खेल साँझ ५ः४५ बजे सुरु हुनेछ । नेपाल पहिलो जितको प्रयासमा हुने छ ।

बुधबार भएको पहिलो खेलमा नेपाल थाइल्याण्डसँग ३–० गोल अन्तरले पराजित भएको थियो ।

भियतनाम भने लगातार दोस्रो जितको योजनामा हुनेछ । पहिलो खेलमा आयोजकले चाइनिज ताइपेलाई ४–० ले हराएको थियो ।

समूह ‘एफ’ मा रहेको नेपाल अंक विहीन रहँदै तेस्रो स्थानमा छ । भियतनाम ३ अंक जोडेर शीर्ष र थाइल्याण्ड दोस्रो स्थानमा छ ।

छनोटअन्तर्गत नेपालले आइतबार चाइनिज ताइपेसँग खेल्नेछ ।

छनोटको समूह विजेता एसियन कपमा छनोट हुनेछन् । यस्तै उपविजेता हुने उत्कृष्ट ६ टोलीले समेत एसियन कप खेल्नेछ ।

28
Shares
२१ आश्विन २०७९, शुक्रबार ०८:१७