गोलीकाण्डमा परी कम्तीमा ३४ जनाको मृत्यु र १२ जना घाइते भएको बीबीसीले उल्लेख गरेको छ ।
दुर्घटनाका पीडितहरूमा बालबालिका र वयस्क दुवै रहेको प्रहरीले जनाएको छ । बन्दुकधारी एक पूर्वपुलिस अधिकारी रहेको र उनको खोजी भइरहेको जनाइएको छ ।त्यहाँका प्रधानमन्त्रीले सबै निकायलाई कारबाही गर्न र दोषीलाई पक्राउ गर्न सचेत गराएको सरकारी प्रवक्ताले बताएका छन् ।
थाइल्यान्डमा सामूहिक गोलीबारीका घटना यदाकदा हुने गरेका छन् । सन् २०२० मा एक क्रुद्ध सिपाहीले गोली चलाउँदा कम्तीमा २९ जनाको मृत्यु भएको थियो ।