आयोगका अधिकृत गुरुप्रसाद वाग्लेका अनुसार प्रतिनिधि सभातर्फ नौ र प्रदेश सभातर्फ २० उम्मेदवारले नाम फिर्ता लिएका छन् ।
फिर्ता लिनेमा दुवै तहमा गरी नेपाली कांग्रेसका नौ, नेकपा माओवादी केन्द्रका दुई, जनता समाजवादी पार्टीका पाँच, एकीकृत समाजवादी र जनता समाजवादीका पाँच, नागरिक उन्मुक्ति पार्टीका एक, पुनः जागरण पार्टीका एक र राष्ट्रिय नागरिक पार्टीका पाँच जना छन् ।उम्मेदवारी फिर्ताबारे सम्बन्धित दललाई आयोगले असोज १७ गते जानकारी दिइसकेको छ । असोज २० गतेदेखि २२ गते ३ बजेसम्म उम्मेदवारी फिर्ता लिएका कारणबाट रिक्त हुने ठाउँमा त्यही समूहले अर्को उम्मेदवारको मनोनयन गरी सम्बन्धित राजनीतिक दलले आयोगमा पेस गर्ने निर्वाचन कार्यक्रम छ ।