८२ वर्षीया उपन्यासकार अर्नोले आफ्नो लेखनको साठी दशकमा गैरकानुनी गर्भपतनदेखि विवहाइत्तर सम्बन्धसहित विषय बनाएकी छन् । १९०१ मा स्थापना भएको साहित्यतर्फ नोबेल पुरस्कार प्राप्त गर्ने उनी १७ औं महिला लेखक हुन् । निडर भएर आफ्नो व्यक्तिगत कथा भनेवापत उनलाई यस वर्षको साहित्य क्षेत्रको नोबेल पुरस्कार दिइएको हो ।
फ्रान्स बाहिर भने उनको पहिचान ‘द इयर्स’बाट भयो । फ्रान्सको इतिहासको विषयलाई आफ्नो जीवनसँग जोड्दै उनले प्रयोगात्मक आत्मकथाले लेखेकी थिइन् । सन् २०१९ को बुकर पुरस्कारको सर्ट लिस्टमा सो पुस्तक परेको थियो । लेखक बन्नु अघि अर्नो शिक्षक थिइन् । पुरस्कारमा उनले १ करोड स्विडिस क्रोनर पाउने छिन् ।