काठमाडौं । कतारमा हुने विश्व कप फुटबल प्रतियोगिताका क्रममा सुरक्षा व्यवस्थामा सहयोग गर्न टर्कीका प्रहरी पुग्ने भएका छन् । टर्कीको संसदले यससम्बन्धी कानुन बुधबार पास गरेको छ ।
अब कतार विश्वकपको सुरक्षा जिम्मा टर्कीले पनि पाउने भएको छ । कतारले टर्कीसँग सुरक्षा सहयोगका लागि अनुरोध गरेको थियो ।
त्यसपछि विश्वकप फुटबलमा सहयोगका लागि टर्कीले कतारमा प्रहरी पठाउने कानुन पारित भएको जानकारी दिएको छ।
प्रस्तावअनुसार टर्कीले कतारमा छ महिनासम्मका लागि प्रहरी पठाउने छ । कति संख्यामा सुरक्षाकर्मी पठाउने भन्ने बारे विस्तृतमा बताइएको छैन ।
कतार विश्वकप आगामी ४ मंसिरदेखि सुरु हुँदैछ।