काठमाडौं । बलात्कार आरोप लागेका क्रिकेटको राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई प्रहरीले त्रिभुवन विमानस्थलबाट बिहीबार पक्राउ गरेको छ ।

उनी कतार एयरवेजको विमानबाट विमानस्थलमा ओर्लिएलगत्तै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

आफू आज स्वदेश फर्किन लागेको जानकारी उनले सामाजिक सञ्जालमार्फत् दिएका थिए ।

गत भदौ २१ गते एक बालिकाले बलात्कारको जाहेरी दिएकी थिइन् । उजुरी पर्दा उनी क्यारेबियन लिग खेल्न नेपाल बाहिर थिए ।

28
Shares
२० आश्विन २०७९, बिहीबार ११:३६