घर नजिक पुगेपछि
नचिनेर कोइलीले
को हो ? को हो ? भनेर सोध्छे
सायद परदेशी सम्झिएर होला
आफ्नै आँगनमा
अनौठो मानेर भुक्छ कुकुर
धमिला आँखा ओछ्याउँदै
चौतारमिा मौन उभिएर
तल ओरालोबाट
माथि उकालो उक्लिंदै गरेका अनुहारहरुमा
आफ्नो सन्तानको छाया खोज्दै
टोलाइरहनु भएकी आमाको
मायालु अनुहार नदेखेपछि
र समयसँगै बगरका काँसझैं सेताम्मे फुल्नु भएको
बाको उदास अनुहार देखेपछि
सत्य ! अचेल मलाई
आफ्नै आँगन पनि विरानो लाग्छ
मन पनि विरानो लाग्छ
अदृश्य मुटुमा छोएर जाने
चिसो बतासजस्तै
चिसिएपछि यादहरु
जीवन मात्र हैन
आफ्नै मुटुका
हरेक धड्कन पनि विरानो लाग्छ ।
252
Shares
२० आश्विन २०७९, बिहीबार ११:०५