प्रदेश १, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशमा शुक्रबारदेखि मौसम केही सुधार हुने तर पूर्ण रुपमा सुधार भएर वर्षा रोकिन केही दिन लाग्ने मौसमविदले बताएका हुन् ।
मौसमविद मजु बासीका अनुसार कर्णाली तथा सुदूरपश्चिमसहितका क्षेत्रमा भने आइतबारदेखि मात्र मौसममा सुधार हुनेछ ।दक्षिण पश्चिम बंगालको खाडी र आन्द्र प्रदेश आसपासमा बसेको न्यून चापीय क्षेत्रको प्रभावका कारण पानी पार्ने बादल नेपाल प्रवेश गरेकाले तीन दिनदेखि दिनदेखि झरी परिरहेको छ ।
हालको मौसमी प्रणाली बाहिरिएपछि मात्रै मनसुन कति समय रहन्छ वा कहिले बाहिरिन्छ भन्नेबारे बताउन सकिने महाशाखाले जनाएको छ ।नेपालबाट मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ हो । तर बाहिरिनु पर्ने बेलामा मनसुन सक्रिय हुँदा भित्र्याउने बेला भएको तथा बाला लाग्दै गरेको धान बालीमा क्षति पुग्ने भएको छ ।
पानी लगातार परिरहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।