विराटनगर । निरन्तर झरी परेकाले दसैँ मनाउन आफन्त भएको स्थानमा आउजाउ गर्नेहरु समस्यामा परेका छन् । दसैँको मुख्य दिन हिजो बुधबार घरमै आफ्ना अभिभावकसँग टीका, जमरा लगाएर आशिर्बाद लिइएको थियो । कतिपय हिजैदेखि अनि कतिपय आज बिहीबारदेखि अरु आफन्तकहाँ जाने गर्छन् ।

केही दिनयता निरन्तर वर्षा भइरहेकाले अन्यत्र जान समस्या परिरहेको हो । विजयादशमीका दिन बुधबार दिउँसो केही समय वर्षा रोकिएको थियो । साँझदेखि फेरि वर्षा भएको थियो ।

कतिपय स्थानमा रातभरि पानी परेको थियो भने केही स्थानमा बिहानसम्म पनि पानी परिरहेको छ ।

देशका अधिकांश स्थानमा वर्षा भइरहेकाले कतिपय खोला, नदीमा बाढी आएको छ ।

वर्षाका कारण आशीर्वाद थाप्न जानेको चहलपहल सडकमा उतिसारो देखिँदैन ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले नेपालमा दक्षिण पश्चिम बङ्गालको खाडी र आन्ध्र प्रदेश आसपास बनेको न्यून चापीय प्रभावले वर्षा भएको जनाएको छ ।

देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै र बाँकी प्रदेशका थोरै स्थानमा सामान्यदेखि मध्यम वर्षा भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु