दसैँमा टाढा–टाढाका आफन्तजनहरू पनि समयमै सबै आफन्तहरूकहाँ पुग्ने प्रयास गर्दछन् । आजदेखि टाढाका आफन्तसँग टीका थाप्न जाने गरिन्छ ।
घटस्थापनाका दिन दसैँ घरमा विधिपूर्वक स्थापना गरी दुर्गा भवानीको पूजा–आराधना गरिएको टीका, जमरा र प्रसाद पूर्णिमासम्म नै आफूभन्दा ठूलाहरूको हातबाट थापेर आशीर्वाद लिने गरिन्छ ।यसपटक दसैँका बेला निरन्तर वर्षा भइरहेकाले टाढा टाढा जान भने समस्या भइरहेको छ । कतै सामान्य अनि कतै ठूलो वर्षा भइरहेकाले आउजाउ गर्न असहज अवस्था भएको छ । यस्तो अवस्थामा पनि दसैँको उल्लास भने कायम छ ।
मौसमविदहरुले अझै केही दिन वर्षा हुने सम्भावना रहेकाले कतै यात्रा गर्दा सावधानी अपनाउन आग्रह गरेका छन् ।