काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको हातबाट दशैंको टीका लगाएका छन् । झापाबाट बुधबार दिउँसो काठमाडौं आएर उनले राष्ट्रपतिको हातबाट टीका लगाएका हुन्।
केही दिनदेखि गृह जिल्ला झापामा रहेका उनी बुधबारै काठमाडौं आएका थिए । आएलगत्तै ओली पत्नी राधिका शाक्य र एमाले नेताहरुसहित शीतल निवास पुगेका थिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले इच्छुक सर्वसाधरण तथा विशिष्टहरुलाई दशैंको टीका लगाइदिएकी छन् ।
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पनि राष्ट्रपतिसँग दशैंको टीका लगाएका थिए ।
त्यसअघि ओलीले आफ्ना बुवा, बढीआमा र अरु मान्यजनबाट पनि टीका लगाएका थिए।
बिहान राष्ट्रपति भण्डारीले गुरुहरुको हातबाट टीका ग्रहण गरेकी थिइन्।