खुसी र उमङ्गको।
धनले भरिभराउ होस्
विद्या अनि नम्रताको।।
घटस्थापनाको दिन घटघटमा
बसिरहुन् भगवान सधैँझैं।
जीवन उनको उपहार तिमीलाई
उपयोग गर्नु अरु कसैलाई।।
घटघटमा राखिने प्रेम ज्ञानीको।
अनि पार्नु सखाप दानवको
जप्दै महाकाली, दुर्गा भवानीको।।
सिवाधात्री हुनु तिमी
घटघटमा हुनु स्थापना
जयन्ती अनि मङ्गला बनी
गर्नु पापीको विस्थापना।।