विराटनगर। क्यानाडासहित तीन देशका ट्विटर प्रयोगकर्ताले अब ट्विटरमा आफ्नो ट्विट सम्पादन गर्न सक्ने भएका छन्। ट्विटरले क्यानाडा, अस्ट्रेलिया र न्युजिल्याण्डका प्रयोगकर्ताका लागि ‘एडिट फिचर’ उपलब्ध गराएको हो।

यसअघि ट्विटरले त्यस्तो सुविधा दिनका लागि निकै समय परीक्षण गरेको थियो। अब चाँडै अमेरिकाका प्रयोगकर्ताका लागि पनि यस्तो सुविधा उपलब्ध गराइने भएको छ।
यस्तो सुविधा ट्विटरका ‘ब्लु युजर्स’ का लागि भएको जनाइएको छ।

सम्पादनसम्बन्धी प्रक्रियाका लागि लामो समय परीक्षण गरिएको थियो। परीक्षण सकारात्मक रहेको कम्पनीले जनाएको छ।

सम्पादन गरिएको ट्विट त्यसअघि के थियो भन्नेबारे प्रयोगकर्ताले हेर्न सक्ने व्यवस्था पनि गरिएको जनाइएको छ।

यस्तो व्यवस्थाले गर्दा अरु प्रयोगकर्ताले के कुरा सम्पादन गरेर परिवर्तन गरिएको हो भन्ने थाहा पाउनेछन्।

ट्विटरमा सम्पादनको विकल्प प्रयोगकर्ताले मन पराएको र त्यसअघि धेरै माग भएकाले आफूहरु उत्साहित भएको कम्पनीका अधिकारीहरुले जनाएका छन्।

अब बिस्तारै अन्य क्षेत्रतिर यो सुविधा विस्तार गरिने भएको छ।

यस्तो सुविधा प्रयोगकर्ताहरु ‘ब्लु सब्सक्रिप्सन’ अनुसार मासिक आधारमा शुल्क तिर्ने प्रयोगकर्ता हुन्। यसको शुल्क सामान्यतयाः ४.९९ अमेरिकी डरल पर्ने जनाइएको छ।

56
Shares
१८ आश्विन २०७९, मंगलवार १९:२७