यो प्रेम यात्राको अन्त्यतिर लागिरहेको बेला म ब्याचलर चौथो वर्षमा अध्ययन गर्दै थिएँ। आज डिग्री सकिएको पनि निकै भइसकेछ। अचेल पनि उसलाई कहिलेकाहिँ अचानक बाटोमा भेट्ने गर्छु। रातो सारी अनि सिउँदोमा सिन्दुर, सानो बच्चा लिएर माइत गएको देख्छु।

देख्दा उनी बोल्छिन्। मुस्कानसहित मसँग आँखा जुदाउँदै सबै ठिक छ नि… भन्छिन्। म पनि जबर्जस्ती मनभरिका पीडा लुकाइ मुस्सुक हाँस्दै ठिकै छ भन्दै शिर निहुराएर जवाफ दिन्छु।

फेरि एक्कासि झ्वाँकिदै अझै किन बिहे नगरेको तिमीले? भन्दै सोध्छिन्। म मतलबै नभएजस्तो गरी मुस्सुक्क हाँस्दै बेला भाको छैन भन्दै नजर झुकाएर आफ्नो गन्तव्यतर्फ लाग्छु।

जीवनमा यस्तो कतिपयलाई सामान्य होला तर कतिपयलाई पीडा दिने खाले हुँदोरहेछ । पश्चातापको कुरा… त्यस बिहान जुन दिन उसको बेलुकातिर फूलमाला हुनेवाला थियो नि… त्यस दिन पनि हामी बिहान ११ बजेसम्म सँगै थियौं।

मेरो कोठामा अहिले रातको बेला। बत्ती बलिरहेको छ। उनले बस एकटक मलाई भनेको मात्रै भए सायद हाँसीहाँसी उनको खुसीको निम्ति म पनि सन्तुष्ट हुन्थें तर उसले मलाई त्यत्ति कुरा पनि सुनाउन पर्छ भन्ने सोचिनन्।

अचानक बेलुका फूलमाला सकेर राति ११ बजेतिर खबर गरिन, तिमीभन्दा राम्रो केटा पाएँ, अब तिम्रो जरुरत छैन भन्दै फोन राखिन्। अनि कैयौबार फोन गर्दा पनि सम्पर्क हुन सकेन।

पछि मेरो नम्बर ब्लक लिस्टमा राखिछन्। त्यसपछि त्यो दिन मात्रै होइन, कैयौं दिन, कैयौ रात कुन दिन कुन रात पत्तो भएन बस उसको अभावमा पानी बिनाको माछाझैं पागलजस्तो भए। एक्लै छट्पटाइ रहें।

सायद सफल भएपछि मात्रै बिहे गर्नु पर्छ। अन्धो भएर केही सोच्दै नसोची आवश्यकताभन्दा बढी उत्साहित हुनु आफ्नै लागि घातक हुने रहेछ।

अबका दिन आफ्नै पाराले अघि बढ्ने प्रण गरें। घरजम गर्ने। भविष्य बनाउने। अरुको आश गर्नु नपरोस्। हौसिएर बुनिएको प्रेमको जालोबाट मुक्ति पाएपछि अब यही पाठ सिकिएको छ। विश्वास छ, उज्यालो भविष्यको यात्रा सुरु गर्नका लागि होला सायद मेरो प्रेम यात्राको अन्त्य भएको हुनुपर्छ।

बेलबारी- ३

6.48k
Shares
१८ आश्विन २०७९, मंगलवार १५:५५