विराटनगर । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि करिब २० हजार पर्यवेक्षक परिचालित हुने भएका छन्। स्वदेशी र विदेशीसमेत गरी त्यति संख्यामा पर्यवेक्षक परिचालित हुने भएका हुन्।

निर्वाचन आयोगका सहप्रवक्ता कमल भट्टराईका अनुसार पर्यवेक्षणका लागि गरेको आह्वान अनुसार आवेदन दिइ स्वीकृति प्राप्तमध्ये ४३ वटा स्वदेशी संस्थाले पेस गरेका तथ्यांक अनुमान गर्दा झण्डै २० हजार पर्यवेक्षक हुने अनुमान गरिएको हो।

केही पर्यवेक्षक संस्थाहरुलाई सहरी र सुविधा सम्पन्न क्षेत्रमा मात्र नभइ दुर्गमका मतदानस्थलमा पनि पर्यवेक्षण गराउने गरी काम भइरहेको जनाइएको छ।

आयोगले भारत, बङ्गलादेश, भूटान, माल्दिभ्स, पाकिस्तान र श्रीलङ्काका प्रमुख निर्वाचन आयुक्तहरु तथा नेपालमा रहेका विदेशी कूटनीतिक नियोगका प्रमुखहरुलाई मतदानको अवलोकनका लागि आग्रह गरेको छ।

14
Shares
१८ आश्विन २०७९, मंगलवार ०७:४८