विराटनगर । ताप्लेजुङस्थित एक आईएमई मनिट्रान्सफरबाट नौ करोडभन्दा बढीको नगद र गहना लुटिएको दाबी गरिएको छ। प्रहरीले शंकास्पद व्यक्तिहरुको खोजी गरिरहेको जनाएको छ।

ताप्लेजुङ सदरमुकाम फुङलिङको वीरेन्द्र चोकमा रहेको आईएमई मनिट्रान्सफरबाट सम्पत्ति लुटिएको दाबी गरिएको हो।

सोमबार बिहान ९ बजेर २० मिनेटमा झन्डै ९ करोड रुपैयाँ लुटिएको कर्मचारीको प्रारम्भिक अनुमान छ।

जिल्ला प्रहरी कार्यालयबाट करिब सय मिटरको दूरीमा आईएमईको कार्यालय छ। त्यसका सञ्चालक अम्बर श्रेष्ठ हुन्।

आईएमईका कर्मचारी आसामाया प्रधानलाई आइतबारदेखि आमाको नाममा रहेको सुन निकाल्ने भन्दै टेलिफोन आएको थियो।

बिहान मास्क लगाएका चारजना युवाहरु कार्यालयमा पसेको कर्मचारी आसामायाले प्रहरीसमक्ष बताएकी छन्।

नगद र सुन गरी झन्डै ९ करोड रुपैयाँ बराबर लुटिएको खबरपछि अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ।

प्रहरीले भने रकमबारे यकिन भइनसकेको जनाएको छ। जिल्लाका मुख्य नाकामा समेत निगरानी गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु