भैरहवा । रुपन्देहीका मुख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालाले आगामी निर्वाचनमा राजनितिक दलहरुको सहभागिता र क्रियाकलाप अनुशासित, आचारसंहितको पालना गर्दै मनाउन आग्रह गरेका छन्।

मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि भैरहवामा मुख्य निर्वाचन अधिकृत कार्यालयको उद्घाटन गर्दै उनले आगामी ५ वर्षका लागि भाग्य निर्धारण गरी नेतृत्व गर्नका लागि पठाउने अवसर भएकोले कस्तो खालको चुनाव गराउने भूमिका र जिम्मेवारी राजनितिक दलहरुको रहेको उनले बताए।

शान्त, मर्यादित वा खलबल गर्ने गरी चुनाव मनाउने जिम्मा मुलरुपमा उम्मेदवार र पार्टीकै हो। ‘निर्वाचन गराउनै पर्छ यस्को मापदण्ड र दायरा छ दायरा भन्न बाहिर जानेलाई कानुनले नछोड्ने बताउँदै स्वच्छ र भयरहित निर्वाचन गराउन सहयोगको अपेक्षा रहेको छ’ मुख्य निर्वाचन अधिकृत कोइरालो भने।

निर्वाचन आयोगले निर्धारण गरेको कार्यक्रम निर्धारित मितिमै सम्पन्न भएकोले चाडपर्वको बेला कार्यालय उद्घाटन गर्नु परेको बताउँदै उनले आगामी २० गते सम्म कार्यालय स्थापना हुने छ।

जिल्लामा निर्वाचनको विषयमा सुरक्षा र प्रशासनको समन्वय गर्नु पर्छ, प्रजिअसँगको समन्वयमा ५ वटै निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। अरु निर्वाचनका कार्यक्रम क्रमश जानकारी गराउँदै २३ गते मनोनयन गर्ने कार्यक्रम रहेको उनले बताए।

मनोनयन दर्ताको लागि समयको तयारी, अचारसंहिता, निर्देशिका र नियमहरुको विषयमा असोज २१ गते सर्वदलीय बैठक बस्ने उनले जनाए।

सुरक्षित, निष्पक्ष र स्वतन्त्र रुपमा निर्वाचन सम्पन्न गर्न सम्पूर्ण राजनीतिक दल तथा सञ्चारकर्मीको भूमिका महत्वपूर्ण रहेको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका निर्वाचन अधिकारी अयोध्याप्रसाद भण्डारीले बताए।

रुपन्देहीको भैरहवामा बाल मन्दिरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे र मुख्य निर्वाचन अधिकृत कोइरालाले संयुक्त रुपमा कार्यालयको उद्घाटन गर्दै निर्वाचनलाई स्वतन्त्र, सुरक्षित र निष्पक्ष बनाउनका लागि आचारसंहिता पालना गराई निर्वाचन सफल बनाउने बताए।

देशैभरी मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्यक्रम अनुसार रुपन्देहीको ५ वटै क्षेत्रमा कार्यालय स्थापना भई उद्घाटन भएको छ।

रुपन्देहीको क्षेत्र नम्बर १ को लागि देवदहको शितलनगर लुम्बिनी बौद्ध विश्वविद्यालय डिनको कार्यालयमा, क्षेत्र नम्बर २ को बुटवल उपमहानगरपालिकाको पुरनो भवनमा, क्षेत्र नम्बर ३ को बलामन्दिरमा, क्षेत्र नम्बर ४ को कोटहीमाई गाउपलिकाको कार्यालयमा र क्षेत्र नम्बर ५ को गैडहवा गाँउपालिकाको कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय उद्घाटन भएको निर्वाचन कार्यालय रुपन्देहीका निर्वाचन अधिकारी भण्डारीले जनाए।

प्रमुख जिल्ला अधिकारी पाण्डेले मतदानको अघि, मतदानको दिन र मतदान पछिको कार्यक्रमका लागि सुरक्षा प्रदान गर्न विशेष सु्रक्षा योजना स्वीकृत गरिएको बताए।

आचारसंहित लागू भइसकेकोले यस्को पूर्ण पालना गर्नका लागि समेत अनुगमन समितिले कार्य गरिरहेकोले आचारसंहित उल्लघन र गुनासो दलहरुबाट नै हुने भएकोले सबैले अनुशासनमा रही निर्वाचनलाई स्वच्छ, निश्पक्ष र भयरहित बनाउन आग्रह गरे।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाई, सुरक्षा निकायका प्रमुख नेपाल प्रहरीका एसपी रविन्द्र रेग्मी, सशस्त्र प्रहरीका एसपी गगन श्रेष्ठ, विभिन्न राजनितिक दलका प्रतिनिधि लगायतको उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु