विराटनगर । बडा दसैँको सबैभन्दा महत्वपूर्ण दिन बुधबार टीका लगाइँदैछ। टीकाको मुख्य साइत हेरेर मान्यजनबाट टीका, जमरा ग्रहण गरिन्छ। मुख्य साइतमा नभ्याए अरु कुनै बेला पनि टीका लगाउन सकिन्छ।
टीकाको उत्तम साइत असोज १९ गते बुधबार बिहान ११ बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।
समितिका अनुसार घटस्थापनादेखि पूजा–आराधना गरिएकी देवीलाई बिहान १०ः३४ बजे विसर्जन गरी ११ः५१ को साइतमा टीका लगाउन सकिनेछ।देवीको प्रसादका रूपमा कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्न सकिने समितिले जनाएको छ।