सोमबार भने मौसम घमाइलो छ। अपराह्नपछि मौसममा आंशिकदेखि सामान्य बदली हुने अनुमान गरिएको छ।
बङ्गालको खाडीमा विकसित न्यून चापीय क्षेत्रको असर देखिन थालेकाले यस्तो सम्भावना देखिएको हो।मौसमविद् विनु महर्जनका अनुसार बेलुका हल्कादेखि मध्यम वर्षाको सम्भावना देखिएको छ।
मंगलबारदेखि धेरै ठाउँमा पानी पर्ने सम्भावना छ। बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ।बङ्गालको खाडीमा विकसित न्यून चापीय क्षेत्रको प्रणाली पूर्वी क्षेत्र हुँदै मंगलबार मध्य क्षेत्रमा फैलिने जनाइएको छ।
यसैगरी बुधबार पश्चिमी क्षेत्रमा फैलिने सम्भावना रहेकाले देशका धेरै ठाउँमा भोलिदेखि वर्षा हुने मौसमविद्ले बताएका छन्।
मंगलबारदेखि एक हप्तासम्म नै पानी पर्ने सम्भावना रहेकाले यो अवधिमा सावधानी अपनाउन मौसमविद्हरुले आग्रह गरेका छन्।