नगरपालिकाको बेलबारी प्रज्ञा–प्रतिष्ठान ऐन, २०७८ को परिच्छेद २, धारा ३ (१) अनुसार बेलबारीकी साहित्यकार तथा अभियन्ता रेखा सुवेदी राईको संयोजकत्वमा ११ सदस्यीय तदर्थ समिति गठन गरिएको थियो।
बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईको प्रमुख आतिथ्यमा साहित्य, कला, संगीत क्षेत्रका सर्जक-स्रष्टाहरूको भेला गरी समिति गठन गरिएको थियो। शनिबार तदर्थ समितिकी संयोजक सुवेदीको अध्यक्षता, नगर प्रमुख राई, बेलबारी नगरपालिकाकी उपप्रमुख नितु थापा कोइरालाको समेत उपस्थितिमा भएको पहिलो वैठकबाट समितिलाई पूर्णता दिइएको छ।समितिका उपाध्यक्षहरूमा धनजित पराजुली (भाषा–साहित्य), गणेश तामाङ लामा आँसु (ललितकला–साहित्य), हिमाब्शु राय (साहित्य), मनकुमार गुरुङ (संगीत–संस्कृति) र अजितकुमार धिमाल (भाषा–अनुसन्धान) छन्।
यसैगरी, सचिव कुलप्रसाद बराल (साहित्य), कोषाध्यक्ष शेखर थापामगर (नृत्य–संगीत) छन्। सदस्यमा टेकबहादुर मगर (साहित्य–संगीत), उमा सिजापती (साहित्य), निर्मला गौतम (भाषा–साहित्य), उपेन्द्र राई (नृत्य–चलचित्र), राजु परियार (साहित्य), विकास बुढाथोकी (नाटक) छन्।
अन्य सदस्यमा सञ्जीव कटुवाल (साहित्य), प्रेम गुरुङ (साहित्य), लक्ष्मी रेग्मी सुवेदी (भाषा–साहित्य), मेखबहादुर कार्की (संगीत) ललितकला), कलावती खवास (लोकनृत्य–अभिनय), महेन्द गिरी (साहित्य) र रिपुमर्दन खड्का (साहित्य) छन्।