विराटनगरमा शनिबार राति भएको फाइनल खेलमा आयोजक–११ ले दमकको दमक–लखन भेट्रान क्लबलाई ३–१ गोल अन्तरमा पराजित गर्दै उपाधि जितेको हो।
मध्यान्तरअघि दुवै टोली १–१ गोलको बराबरीमा थिए। मध्यान्तरपछि आयोजकले खेलको रणनीतिमा केही परिवर्तन गरेपछि थप २ गोल गर्दै जित निकालेको हो।२१औं मिनेटमा दमकका अम्बर लिम्बूले गोल गर्दै टोलीलाई अग्रता दिलाए। ३९ औं मिनेटमा आयोजकका विमल गुरुङले गोल गर्दै खेल बराबरीमा ल्याए।
५३ औं मिनेटमा रमेश गुरुङले आयोजक टोलीका लागि दोस्रो गोल गरे। खेलको इन्जुरी समयमा आयोजकका डेनिम राईले गोल गर्दै जित सुनिश्चित पारे।खेलको म्यान अफ द म्याच आयोजकका सञ्जीव बुढाथोकी, सर्वाधिक गोलकर्ता दमकका सुवास आङ्थुपो, म्यान अफ द सिरिज आयोजकका दिलिप बास्कोटा र फेयरप्ले विर्तामोड भेट्रान क्लब भएका छन्।
आफूले पाएको पुरस्कार राशिको १० प्रतिशत रकम दमकले दिवंगत फुटबल खेलाडी बन्टीका परिवारलाई प्रदान गर्यो।
कार्यक्रमका प्रमुख अतिथि नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेत, एन्फाका पूर्व उपाध्यक्ष सन्तोष बानियाँ, खेल संयोजक किशोर धमलालगायतले पुरस्कार प्रदान गरेका थिए।
प्रशिक्षक बानियाँलाई मैदानमै सम्मान
दमक–लखनपुर भेट्रान क्लबले शनिबार फाइनल खेल सुरु हुनुअघि मैदानमा फुटबलका पूर्व वरिष्ठ प्रशिक्षक सन्तोष बानियाँलाई सम्मान गरेको थियो ।
बानियाँले फुटबल क्षेत्रमा पु¥याएको योगदानलाई कदर गर्दै सम्मान गरिएको हो।