भक्तपुर । आफूलाई जवरजस्ती करणी गरेको भन्दै झुटो जाहेरी दिने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।

नवलपरासी बर्दघाट चिसापानी घर भइ हाल काठमाडौं जडिबुटी डेरा गरी बस्ने ३४ वर्षीया महिलालाई पक्राउ गरेको हो।

आफूलाई भक्तपुर जिल्लाको लोकन्थलीमा ल्याएर अचेत बनाइ एक पुरुषले जबरजस्ती करणी गरेको भनी प्रहरी वृत्त ठिमीमा झुटा जाहेरी दिएको देखिएकाले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

महिलाको निवेदनउपर अनुसन्धान गर्दा उक्त प्रकृतिको कुनै पनि घटना नभएको देखिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

फसाउने नियतले कपोलकल्पित घटना बनाएर जाहेरी दरखास्त समेत दिएको हुँदा निज महिलालाई पक्राउ गरेको परिसर भक्तपुरले जनाएको छ।

उनलाई वृत्त ठिमीबाट नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान भइरहेको परिसरका सूचना अधिकृत राजु पाण्डेले बताए।

35
Shares
१६ आश्विन २०७९, आईतवार १२:५९