प्रतीकात्मक चित्र।

विराटनगर । झापाको कमल गाउँपालिकाका एक युवकले आमा र काकाको हत्या गरेका छन्। उक्त गाउँपालिकाको सिमलडाँगीका २३ वर्षीय चन्द्र माझीले शनिबार राति २३ वर्षीय चन्द्र माझीले आमा र काकाको हत्या गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सुतिरहेको अवस्थामा ५० वर्षीय काका सन्तबहादुर माझीमाथि हतियार प्रहार गरेका थिए। त्यसपछि अर्को कोठामा सुतिरहेकी ५० वर्षीया आमा चन्द्रकला माझीमाथि हतियार प्रहार गरेका थिए।

त्यसपछि उनी भागेका थिए। प्रहरीले उनलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ।

28
Shares
१६ आश्विन २०७९, आईतवार ११:५०