प्रतीकात्मक तस्बिर।

विराटनगर । उपचारका लागि ल्याइएका झापाका दुई कैदी, बन्दी फरार भएको विषयमा प्रदेश १ प्रहरी कार्यालयले छानबिन सुरु गरेको छ। यसका लागि पाँच सदस्यीय समिति गठन गरिएको छ।

प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटाको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरिएको उक्त कार्यालयले जनाएको छ।

छानबिन समितिले १० दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी पाएको छ।

प्रहरीले भागेका कैदी, बन्दीको खोजी पनि गरिरहेको छ। उपचारका लागि क्षयरोग निवारण संस्था विराटनगरमा राखिएका उनीहरु त्यहीँबाट भागेका थिए।

कैदी राजकुमार हेमरम र बन्दी मञ्जिल गुरुङ शनिबार बिहान फरार भएका थिए। उनीहरु जिल्ला कारागार झापाबाट उपचारका लागि विराटनगर ल्याइएका थिए।

हेमरम जबरजस्ती करणी मुद्दाका कैदी हुन् भने गुरुङ लागूऔषध मुद्दामा पुर्पक्षका लगि थुनामा थिए।

133
Shares
१६ आश्विन २०७९, आईतवार १०:११