काठमाडौ। जनता समाजवादी (जसपा) नेपालले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा कसैसँग पनि तालमेल नगर्ने भएको छ।

शनिबार बसेको जसपा कार्यकारिणी समितिको बैठकले यस्तो निर्णय गरेको हो।

बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ‘हाम्रो पार्टीको समेत सहभागितामा रहेको ५ दलीय गठवन्घनमा आगामी हुने संघीय संसद र प्रदेश सभा सदस्यको निर्वाचनमा सिटको तालमेलको सम्बन्धमा भइरहेको सिट बाँडफाँटसम्बन्धी छलफलमा सन्तोषजनक अवस्था नदेखिएको हुँदा यसका अतिरिक्त सम्भव भएसम्म विकल्पको रूपमा अन्य राजनीतिक दलहरूसँग पनि निर्वाचनमा सिटको तालमेल गर्न सकिने छ।

त्यसो पनि पनि हुन नसकेको अवस्थामा जसपा नेपाल एक्लै निर्वाचनमा भाग लिने निर्णय हुने पार्टीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु