पुटिनले नयाँ कब्जा गरिएका क्षेत्रहरूको रक्षा गर्न आणविक हतियारहरू प्रयोग गर्ने धम्की दिएका थिए।
उनले ती क्षेत्रहरू “सदाका लागि“ रूसको हिस्सा हुने घोषणा गरे। नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले विलयलाई “युद्ध सुरु भएयताकै सबैभन्दा गम्भीर खतरा“ भनेका छन्। एक भाषणमा, रूसी नेताले दावी गरे कि खेर्सन, जापोरिझ्झिया, लुहान्स्क र दोनेत्स्कका नागरिकहरूले ‘आफ्ना जनता, आफ्नो मातृभूमि’ सँग मतदान गरेका बताए।उनले हालैका दिनहरूमा विभिन्न क्षेत्रहरूमा आयोजित तथाकथित जनमत संग्रहलाई संकेत गरेका थिए। तर, युक्रेन र पश्चिमी सरकारहरूले मतदानलाई झुटो भनी निन्दा गरेका छन्। ९एजेन्सी०