काठमाडौं। नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने असोज २० गते नेपाल फर्कने भएका छन्।

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमका पूर्वकप्तान सन्दीपले यसबारे समाजिक सन्जालमार्फत जानकारी दिएका हुन्।

भदौको पहिलो साता एक नाबालिगलाई सिनामङ्गलको होटलमा बलात्कार गरेको आरोप सन्दीपमाथि छ। जिल्ला अदालतले उनीविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ। क्यानले कप्तानबाट उनलाई निलम्बन पनि गरिसकेको छ।

क्यारेबियन प्रिमियर लिग खेल्न जमैका रहेका सन्दीप नेपालमा पक्राउ पूर्जी जारी भएसँगै त्यहाँबाट हिँडेका थिए।

त्यसपछि सन्दीप क्यान र नेपाल प्रहरी दुवैको सम्पर्क थिएनन्। उनले शनिबार बिहान सामाजिक सञ्जालमा नेपाल आउने जानकारी दिएका हुन्।
28
Shares
१५ आश्विन २०७९, शनिबार १५:३५