आईसीसीका अनुसार विश्व कप जित्ने टिमले १६ लाख अमेरिकी डलर) पाउने छ।
प्रतियोगिताको उपविजेता टिमले आठ लाख अमेरिकी डलर पाउने छ। सेमिफाइनल पुग्ने टोलीले चार लाख डलर पाउने आईसीसीले जनाएको छ।करिब एक महिनासम्म सञ्चालन हुने टी–२० विश्व कप प्रतियोगितामा १७ टिमले खेल्नेछन्।
प्रतियोगितामा आठ टिम सुपर १२ मा बाहिरिने छन्। ती टिमले पनि ७० हजार डलर पाउने छन्।सुपर १२ मा पुग्ने आठ टिममा अफगानिस्तान, अस्ट्रेलिया, बङ्ग्लादेश, इङ्ग्ल्यान्ड, भारत, न्युजिल्यान्ड, पाकिस्तान र दक्षिण अफ्रिका छन्।