तस्बिर सौजन्यः सबिता गौतम दाहाल

काठमाडौं । संघीय राजधानी काठमाडौंमा शुक्रबार महाकवि लक्ष्मीप्रसाद देवकोटा सङग्रहालय स्थापना गरिएको छ। काठमाडौंको मैतिदेवीस्थित देवकोटाको पुरानो घर भत्काएर पुरानै शैलीमा बनाइएको छ।

त्यही घरमा सङग्रहालय स्थापना गरिएको हो। सङग्रहालयको नेपाल प्र्र्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले उद्घाटन गरेका थिए।

त्यस अवसरमा उनले सङग्रहालय राज्यका लागि ठूलो सम्पदा भएको उल्लेख गरे। त्यसबाट महाकवि देवकोटाको व्यक्तित्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा थप उजागर गर्न सघाउ पुर्याउनेविश्वास उनले व्यक्त गरे।

करिव ७ करोड ११ लाखको लागतमा निर्माण गरिएको सङग्रहालय दसैँ सकिएपछि असोज २३ गतेबाट सर्वसाधारणका लागि खुला गर्ने प्रतिष्ठानले जनाएको छ।

सङग्रहालय महाकवि देवकोटाको पूर्ण कदको शालिकको समेत अनावरण गरिएको थियो। त्यसैगरी महाकवि देवकोटाका साहित्यिक कृतिहरु, उनका तस्वीरहरु पनि सङग्रहालय हेर्न पाउने व्यवस्था गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु