काठमाडौं । नेपालमा मनसुनी वायुको सामान्य प्रभाव अझै सकिएको छैन। शुक्रबार प्रदेश १ सहित देशका विभिन्न स्थानमा वर्षा हुने अनुमान गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन अन्त्य हुने समय भए पनि यसको प्रभाव केही कायमै देखिएको छ।

मुलुकका विभिन्न क्षेत्रमा मनसुनी गतिविधि कायमै रहँदा कतिपय स्थानमा हल्का वर्षा हुने महाशाखाले जनाएको छ।

शुक्रबार प्रदेश १, बागमती र गण्डकीमा आंशिकदेखि सामान्य बदली रहने आकलन महाशाखाले गरेको छ।

प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा वर्षा हुन सक्ने देखिएको छ।

यसैगरी शनिबार पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

7
Shares
१४ आश्विन २०७९, शुक्रबार १०:४५