काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राजनीतिमा भ्रष्टाचारी प्रवृत्ति बढेकाले नेताहरुले विश्वास गुमाउँदै गइरहेका बताएका छन्। अखिल नेपाल महिला संघ (समाजवादी) ले दसैँ, तिहार, छठलगायत चाडपर्वको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

राजनीतिमा चरम भ्रष्टाचारी प्रवृत्ति बढ्नाले नेताहरुले विश्वास गुमाउँदै गइरहेको नेपालको भनाइ छ। नेताहरुले विश्वास गुमाउँदै गइरहेको कुराले आफूलाई चिन्तित बनाएको पनि उनले उल्लेख गरे।

अध्यक्ष नेपालले आफ्नो व्यवहार र उदाहरणबाट आफूलाई उत्कृष्ट सावित गरेर अरुको मन जित्न सक्नुपर्ने बताए। उनले देशको कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउने बारेमा आफूले सोचिरहेको बताए।

‘यो कम्युनिष्ट पार्टीलाई व्यवस्थित रुपमा अगाडि बढाएर लिएर जाने जिम्मेवारी हामीले बोक्नुपर्दछ। हामीले सोचिरहेका छौँ कि, कसरी यो देशको सिंगो कम्युनिष्ट आन्दोलनलाई जोगाउन सकियोस् । बलियो बनाउन सकियोस्’ नेपालले भने।

समाज परिवर्तनका बाहकहरुलाई, इमान्दार मानिसहरुलाई, स्वच्छ छवि भएका व्यक्तिहरुलाई अगाडि बढाउने प्रयत्न गर्नुपर्नेमा उनले जोड दिए।

समाजमा, राजनीतिमा चरम भ्रष्टाचारी प्रवृत्ति व्याप्त रहेको भन्दै नेपालले भ्रष्टाचारको प्रवृत्तिले गर्दा नेताहरुले विश्वास गुमाउँदै गइरहेकोप्रति चिन्ता व्यक्त गरे।

‘हामी अरुजस्ता होइनौँ भनेर देखाउन सक्नुपर्छ’ उनले भने, ‘जब हामी आफै व्यवहारबाट, उदाहरणबाट आफूलाई उत्कृष्ट सावित गर्छौं, अनि बल्ल अरुको विश्वास जित्न सक्छौँ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु