काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपति समशेर जबराले नेपालीहरु सबै मिलेर ठूला पार्टीहरुको ब्रह्मलुट अन्त्य गर्नुपर्ने बताएका छन्।

बुधबार काठमाडौंमा भएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले आगामी निर्वाचन देशको भविष्यको निर्वाचन भएकाले सबैले मिलेर जनमतबाट ठूला पार्टीहरुको व्रह्मलुट अन्त्य गर्नुपर्ने बताए।

आगामी निर्वाचनबाट देशलाई विकासको अभियानमा जोड्नुपर्ने उनको भनाइ थियो। नेता जबराले मुलुकलाई उज्यालो दिशामा लैजान आफू सदैव लागिरहने प्रतिवद्धता जनाए।

उनले भने ‘हामी सबै मिलेर ठूला पार्टीहरुको व्रह्मलुट अन्त्य गर्नुपर्नेछ। यो अति भयो, नेपाली जनताले यस्तो समस्या सहने कुराको अन्त्य हुन आवश्यक छ। यसपालिको चुनाव चानचुने चुनाव होइन, यो मुलुकको भाग्य ठेगान गर्ने चुनाव हो। योपालि अरुबेला जस्तो होइन, फेरबदल गर्ने हो।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु