विराटनगर । कृषि तथा औद्योगिक प्रदर्शनी मेला ‘विराट एक्स्पो २०७९’ को सातौँ संस्करण मंसिरमा हुने भएको छ। उद्योग संगठन मोरङले गर्दै आएको मेला मंसिर २९ देखि पुस ६ गतेसम्म सञ्चालन हुनेछ।
संगठनले बिहीबार पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको हो। मेला विराटनगर १४ स्थित डिग्री क्याम्पसको प्रांगण (पुरानो हवाई फिल्ड) मा आयोजना हुने छ।
स्थानीय अर्थतन्त्र चलायमान बनाउ“दै उद्योग व्यवसाय क्षेत्रको व्यावसायिक विकासमा योगदान पुर्याउन प्रत्येक दुई वर्षमा संगठनले प्रदर्शनी मेला आयोजना गर्दै आएको छ।
मोरङका अध्यक्ष सुयश प्याकुरेलले कृषि, कृषि उद्यम, उद्योग, पर्यटनलगायत समग्र प्रदेश १ को आर्थिक एवं औद्योगिक विकासका लागि उत्पादक, उपभोक्ता र मूल्य शृङ्खलाको परिधिभित्र पर्ने समग्र व्यावसायिक सेवा प्रदायकहरुलाई आफ्नो उत्पादन तथा सेवाको बिक्री बितरण तथा प्रचार प्रसारका लागि मेला आयोजना गर्न लागिएको बताए।
‘प्रदर्शनीको माध्यमबाट उत्पादक र उपभोक्ताबीच अनुभव आदान प्रदान, व्यावसायिक सम्बन्ध विकास एवं नयाँ प्रविधि पहिचानमा सहयोग पुर्याउने लक्ष्य छ,’ उनले भने।
‘कृषि उत्पादनको व्यावसायीकरण र पर्यटकीय क्षेत्रका साथै नया“ गन्तव्यको प्रचार प्रसार गरी आन्तरिक पर्यटन प्रवद्र्धन, नवप्रवद्र्धक स्टार्टअपहरुको व्यावसायिक विकास र स्वदेशी उत्पादनको उत्पादकत्व एवं बजार विस्तारका लागि प्रदर्शनी उपयोगी हुने विश्वास लिएको उनले सुनाए।
प्रदर्शनी आयोजक समितिका संयोजक भोलेश्वर दुलालले समग्र आर्थिक एवं औद्योगिक गतिविधिलाई चलायमान वनाई आर्थिक, सामाजिक, सास्ंकृतिक एवं मनोरञ्जन लगायतका क्षेत्रको प्रवर्धन र विकासका लागि प्रदर्शनी आयोजना गर्न लागिएको बताए। उनले कृषि औजार, उपकरण तथा नया“ प्रविधिहरु, नयाँ प्रविधिका औद्योगिक मिल मेशिनरी तथा प्रत्यक्ष उत्पादन पद्दतीको प्रदर्शनी गरिने बताए।
‘आर्थिक एवं कृषि र औद्योगिक क्षेत्रका बिषयगत मुद्दाहरुमा नीतिगत छलफल, अनुभव आदान प्रदान, स्टार्टअप कर्नर, पर्यटकीय गन्तब्यको बारेमा जानकारी दिइनेछ,’ उनले भने, ‘दैनिक प्याकेज टुर, स्थानीय खानाका परिकारको व्यवसायीकरणका लागी खाना उत्सव, बिजनेश टु बिजनेश सम्बन्ध स्थापित गर्न प्रदेशभरिका सबै जिल्लाहरुको दैनिक जिल्ला बिशेष कार्यक्रमको व्यवस्था गरेका छौं ।’
प्रदर्शनी अवधिभरि सांगीतिक कार्यक्रममार्फत स्थानीय कला, संस्कृति एवं कलाकारहरुलाई प्राथमिकतामा राखी प्रदेशका सबै जिल्लाहरुलाई कला, संस्कृति तथा सांगीतिक कार्यक्रमहरुमा सहभागी गराइने भएको छ।
राष्ट्रिय ख्याती प्राप्त कलाकारहरुको समेत सहभागिता रहने दुलालले बताए। ३×३ मिटरका ४१५ वटा स्टल रहने प्रदर्शनीमा नेपालभरिका साथै भारत, बंगलादेश, भूटान, पाकिस्तान, थाइल्याण्ड, चीनलगायत मुलुकको सहभागिता रहने जनाइएको छ।
‘नेपाल, भारतलगायत देशबाट ३ लाखभन्दा बढीले प्रदर्शनीको अवलोकन गर्ने र त्यसबाट प्रत्यक्ष र अप्रत्यक्ष रुपमा ५० करोडको कारोबार हुने लक्ष्य छ’ दुलालले भने। प्रदर्शनी आयोजनाका लागि २ करोड ५० लाख खर्च हुने अनुमान आयोजकको छ।
प्रदर्शनी आयोजनाका लागि नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, प्रदेश १ सरकार, उद्योग श्रम तथा रोजगार मन्त्रालय, बिराटनगर महानगरपालिका, नेपाल पर्यटन बोर्ड, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १, स्विस कन्ट्याक्ट एवं नेपाल कृषि बजार विकास सहज परियोजनासंग प्रवद्र्धकका रुपमा सहकार्य गरिएको छ। प्रदर्शनीको सहयोगी संस्थाका रुपमा मोरङ व्यापार संघ र बिराट ब्यापार संघ रहेको आयोजकले जनायो।
संगठनले यसअघि माघ २६ गतेदेखि फागुन गतेसम्म प्रदर्शनी मेला आयोजना गर्ने सार्वजनिक गरेको थियो। तर त्योभन्दा अगाडि नेपाल उद्योग परिसंघ प्रदेश १ ले माघ १९ गतेदेखि २८ गतेसम्म सिएनआई एक्स्पो आयोजना गर्ने घोषणा गरेपछिसंगठनले प्रदर्शनीको मिति परिवर्तन गरेको हो।