विराटनगर । रिलायन्स लाइफ इन्सुरेन्सले दिवंगत एक व्यक्तिको नाममा मृत्यु दाबी भुक्तानी गरेको छ। मृतक कृत्यानन्द शर्मा सुतिहारद्वारा इच्छाइएको व्यक्ति सीमादेवी शर्मा सुतिहारलाई बिहीबार रकम भुक्तानी गरिएको हो।

मोरङको जहदा १ का वडाध्यक्ष बाबुराम राजवंशी, रिलायन्स लाइफ इन्सुरेन्सका प्रदेश प्रमुख क्षितिज घिमिरे र विराटनगर शाखा प्रमुख परमा काफ्लेले विमावापत ३ लाख र वोनसबापत ३३ हजार रुपैयाँसहित ३ लाख ३३ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।

मृतक कृत्यानन्द शर्मा सुतिहारले ४ वर्षको ४ किस्ता रकमबापत ७२ हजार रुपैयाँ भुक्तानी गरेका थिए। उनले ३ लाख रुपैयाँको विमा गरेका कारण बिमकको मृत्युपछि विमा दाबीबापत विमाङ्क रकम ३ लाख र बोनस ३३ हजार रुपैयाँ भुक्तानी गरिएको क्षितिज घिमिरेले बताए।

उनका अनुसार वित्तीय सुशासन राम्रो भएको विमा कम्पनी भएकाले रिलायन्सले समयमै दाबी रकम भुक्तानी गर्दै आएको छ। मृत्यु दाबी भुक्तानी कार्यक्रममा चिफ एजेन्सी म्यानेजर नवराज निरौला, कृष्ण मास्के, एजेन्सी म्यानेजर बुद्धदेव यादव, सोनु केवट, वडाका जनप्रतिनिधिहरूको उपस्थिति थियो।

1.44k
Shares
१३ आश्विन २०७९, बिहीबार १९:०९