दमक–५ घर भएका ४० वर्षीय दिलिप तामाङ र मोरङको मिक्लाजुङ–९ घर भई दमकमा डेरा गरी बस्दै आएकी २१ वर्षीया बबिता राईलाई दमकबाट पक्राउ गरेको हो।
असोज ३ गते स्थानीय हिमालय गुडरिक चिया बगानको पश्चिमपट्टि झाडीमा झोलामा ब्ल्यांकेटले बेरेर राखिएको अवस्थामा शव फेला परेको थियो।तामाङ र राईबीच अवैध सम्बन्ध रहेको र उनीहरुबीचको शारीरिक सम्पर्कबाट जन्मिएको शिशु कसैले थाहा नपाउन भनेर फ्यालेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। तामाङ विवाहित हुन् भने राई अविवाहित हुन्।
घटनापछि अनुसन्धानका क्रममा उनीहरु दोषी पाइएकाले पक्राउ गरिएको दमकका प्रहरी प्रमुख दिलिप गिरीले जानकारी दिए। शिशुलाई मारेर फ्यालेको उनीहरुले प्रहरीसँगको बयानमा स्वीकारेका छन्।