चाडबाडको समयमा फुटपाथ व्यापारका लागि लचिलो हुनुपर्ने माग उठिरहेको बेला महानगरले फुटपाथमा पहिलो प्राथमिकता पैदलयात्रीले पाउने भन्दै त्यसको सहजताका लागि अभियान नरोक्ने बताएकाे छ ।
महानगरले विज्ञप्ति जारी गर्दै फुटपाथ खाली गर्ने अभियान महानगरले नरोक्ने र यस विषयमा चाडपर्वको कारण देखाएर लचिलो पनि नहुने स्पष्ट पारेकाे छ ।‘पैदल यात्रीका लागि पर्वका समयमा फुटपाथ अझ बढी आवश्यक पर्छ’ विज्ञप्तिमा भनिएको छ, ‘अन्य समयभन्दा योबेला जेष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिलाहरु किनमेलका घर वाहिर निस्कने समय हो । उहाँहरुको पैदल यात्रा सुरक्षा महानगरपालिकाको जिम्मेवारी हो ।’
पैदल यात्रीले सडक किनारामा निर्वाध हिँड्न पाउने अधिकार स्थापित गराउन काठमाडौं महानगरले आफ्ना क्रियाकलाप आंशिक रुपमा होइन पूर्ण र दीर्घकालीन रुपमा सञ्चालन गर्ने महानगरद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।सहरी सुशासन र सहरी विकास व्यवस्थापनका कार्यक्रम पर्व विशेष वा अन्य कारण विशेष स्थगित हुने वा लचिलो नहुने कुरामा समेत महानगरले सबैलाई स्पष्ट हुन आग्रह गरेको छ ।
हेर्नुहाेस् विज्ञप्ति