ताप्लेजुङस्थित प्रसिद्ध शक्तिपीठ पाथिभरा। तस्बिर सौजन्य सुलभ खतिवडा

काठमाडौं। दसैँको चौथो दिन बिहीबार कुष्माण्डा भगवतीको पूजा अर्चना गरिँदैछ। कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ।

कुष्माण्डाको लौकिक अर्थ कुभिण्डो हो। उष्ण हावापानीको प्रकृतिमा हुर्किने तर भित्री गुण शीतप्रद हुने फल कुभिण्डोलाई कुष्माण्डा देवीको प्रतीक मानेर दशैँमा यसको पूजाआजा गर्ने चलन छ।

बिहानैदेखि देशभरका शक्तिपीठ तथा देवी मन्दिरमा भक्तजनहरुले पूजा आराधना गरिरहेका छन्।

विराटनगरको काली मन्दिर, रंगेलीको सन्सारी माइ जस्ता शक्तिपीठमा श्रद्धालुहरुको चहलपहल देखिएको छ।
63
Shares
१३ आश्विन २०७९, बिहीबार ०९:०४